अर्को बादशाह अर्जेन्टिना बाहिरियो/जर्मनी र स्पेन सेमीफाइनलमा प्रवेश


विश्वकप फुटबलका बादशाहहरु लडिरहेकै बेला अर्को एक बादशाहलाई पनि जर्मनीले नराम्ररी लडायो। विश्वकप फुटबलको प्रबल दाबेदार राष्ट्र मानिएको अर्जेन्टिनालाई जर्मनीले विश्वकप यात्रामा ४-० को झट्का दियो। यस्तै स्पेनले पाराग्वेलाई हराउँदै सेमीफाइनलको यात्रा तय गरेको छ। यसअघि ५ पटकको विश्कप विजेता ब्राजिललाई नेदरल्याण्ड्सले हराएको थियो।

अर्जेन्टिनाको सपना जर्मनीद्वारा चकनाचुर/ ४-० / रोए खेलाडी

विश्वकप फुटबलको प्रबल दाबेदार मानिएको दुई शसक्त राष्ट्र अर्जेन्टिना र जर्मनबीच भएको खेल जित्दै जर्मनी सेमी फाइनलमा प्रवेश गरेको छ। दक्षिण अफ्रीकाको केप टाउनस्थित ग्रीन पोइन्ट स्टेडियममा सेमी फाइनलको लागि भएको खेल०-४ ले जित्दै जर्मनी सेमी फाइनलमा प्रवशे गरेको हो।

यो जितसँगै विश्वकप उचाल्ने महान सपना बोकेको अर्को प्रबल दाबेदार राष्ट्र मानिएको अर्जेन्टिनाको सपना चकनाचुर पारिदिएको जर्मनीले ।
जर्मनीले खेलको सुरुमै गोल गरेर अर्जेन्टिनाविरुद्ध गोल गरेर अग्रता लिएको थियो। खेलको तेस्रो मिनेटमै जर्मनीका मिडफिल्डर थोमस मुलरले गोल गरेका हुन्। अर्जेन्टिनाका जर्सी नं.१५ का डिफेन्डर ओटामेन्दीले जर्मनीका लुकास पोडोल्स्कीलाई फल गरेपछि जर्मर्नीले फ्री किक पाएको थियो। जर्मनीका वास्टिन स्वेइस्टेइगरले प्रहार गरेको फ्री किकलाई थोमस मुलरले हेडमार्फत गोल गरेका हुन्। पहिलो हाल्फसम्म जर्मनी एक गोलले अघि थियो।

तिव्र गति र आक्रमक रुपमा खेल्ने जर्मनीका स्टार मिरास्लोभ क्लोज ले ६८ औं मिनेटमा दोस्रो गोल र ८९ औं मिनेटमा जर्मनीको लागि चौथो गोल गोल गरेका थिए । यसअघि उनले अष्ट्रेलिया र इंग्ल्याण्डको खेलमा एक एक गोल गरेका थिए । उनको यो विश्वकपमा व्यक्तिगत रुपमा चार गोल दर्ता भएका छन्।

जर्मनीको लागि तेस्रो गोल ७४ औं मिनेटमा जर्मनीका जर्सी नं.३ का डिफेन्डर अर्ने फ्रेइडिकले गरेका थिए ।
दोस्रो हाल्फको सुरुमै निकै आक्रमक प्रदर्शन गरेको अर्जेन्टिनाले धेरैपटक गोल गर्ने प्रयास गर्‍यो। तर गोल रक्षक मन्युल नेउरले दायित्व पूरा गरि नै रहे। दोस्रो गोल खाँदासम्म निकै सशक्त खेलेको अर्जेन्टिना क्लोजको गोलसँगै केही निराश भएको थियो। अर्जेन्टिनाका खेलाडीलाई प्रंहार गर्नबाट जर्मनीका रक्षा पंक्तिका खेलाडीले रोकि नै रहे तर पनि केही प्रहार लियोनल मेसीले, कार्लोस टेभेज, डिमारिया, हिगुइनले प्रहार गर्न रोकेनन् । तर पनि कुनै गोल नसकि लज्जास्पद हार बेहोर्नुपर्‍यो।

क्वाटरफाइनलमै पूर्णविराम लगाएको अर्जेन्टिनाका प्रशिक्षक म्याराडोना तथा खेलाडीहरु मेसी लगायत अन्यको आँखा निकै रसाए । यसअघिको जितमा अत्याधिक खुसी हुने म्याराडोना त्यो भन्दाबढी जर्मनीसँगको हारपछि दुःखी भएका थिए ।
फिफा वरियताको छटौं स्थानमा रहेको जर्मनी र सातौं स्थानमा रहेको अर्जेन्टिनाबीचको खेल निकै रोमाञ्चक थियो। सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी चुमेको अर्जेन्टिना क्वाटर फाइनलसम्म आइपुग्दा एक खेल पनि हार्नुपरेको थिएन। अर्जेन्टिनाले पहिलो चरणमा नाइजेरिया(१-०), दक्षिण कोरिया(४-१) र ग्रीस(२-०)ले हराएको थियो भने दोस्रो चरणमा मेक्सिको(३-१)लाई हराएको थियो।
यस्तै ३ पटक विश्वकपको ट्रफी उचालेको जर्मनीले पहिलो चरणमा सर्वियासँग हार बेहोर्नु परेको थियो भने अष्टे्रलिया(४-०) र घाना(१-०) लाई पराजित गरेको थियो । दोस्रो चरणमा जर्मनीले इंग्ल्याण्डलाई ४-१ ले पाखा लगाउँदै क्वाटर फाइनलको यात्रा तय गरेको थियो।
जितसँगै सेमी फाइनल पुगेको जर्मर्नीले चौथो पटक विश्वकप जित्ने आशा राख्नेहरु पनि धेरै छन्।

पाराग्वे हराउँदै स्पेन सेमीफाइनल प्रवेश/फाइनल पुग्न जर्मनी तगारो
दक्षिण अफ्रीकामा जरी १९ औं विश्वकप फुटबल प्रतियोगिताको स्पेन सेमी फाइनलमा पुगेको छ। दक्षिण अफ्रीकाको जोहनेसवर्गस्थित इलिस पार्क स्टेडियममा भएको खेल १-० ले जित्दै स्पेनले सेमी फाइनलको यात्रा तय गरेको हो।

सोचेजस्तो प्रदर्शन गर्न नसकेको स्पेन र राम्रो प्रदर्शन गरेको पाराग्वेबीचको खेल स्पेनले सजिलै हराउँछ भन्ने टिप्पणी फुटबल पण्डितहरुले गरेका थिए तर त्यसो भएन पाराग्वेलाई हराउन स्पेनलाई धौ धौ परेको थियो।
स्पेनका स्टार जर्सी नं.७ का फरवार्ड डेभिड भिलाले खेलको ८३ औं मिनेटमा गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्‍याएका हुन्। उनले म्यान अफ दी म्याच आन्द्रेस इनिस्टा, पेड्रोको तालमेलमा गोल गरेका थिए । उनको गोल नै निर्णायक बनेको थियो। यो गोलसँगै डेभिड भिलाको यो विश्वकपमा व्यक्तिगत गोलसंख्या ५ पुगेको छ। ५ गोल गर्ने उनीमात्र छन्। बढी गोल गर्नेको लागि गोल्डेन बुट दिने गरिन्छ।

डि बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीको मौकालाई पाराग्वे र स्पेनका दुवै खेलाडीले गोल गर्न सकेनन्। पाराग्वेका फरवार्ड ओस्कार कार्डोजको प्रहार स्पेनी गोल किपर क्यासिलस र स्पेनी मिडफिल्डर जाबी अलोन्सोको प्रहार पाराग्वेका गोलरक्षक जस्तो भिलारले बचाएका थिए ।
क्वाटर फाइनलसम्म आइपुग्न पाराग्वेले पहिलो चरणमा इटली-१-१) र न्युजिल्याण्ड-०-०)सँग बराबर खेलेको थियो भने स्लोभाकियालाई ०-२ ले पराजित गरेको थियो। दोस्रो राउण्डमा पाराग्वेले जापान-०-०)लाई टाइब्रेकरमा ५-३ ले हराएको थियो।
यस्तै स्पेनले पहिलो चरणमा स्वीट्जरल्याण्डसँग ०-१ हो हार बेहोर्नु परेको थियो भने होन्डुरस-२-०) र चिली-२-१) ले हराएको थियो। दोस्रो राउण्डमा स्पेनले शक्तिशाली राष्ट्र पोर्चुगललाई १-० ले हराउँदै क्वाटर फाइनलको यात्रा तय गरेको थियो।
स्पेन फिफा वरियताको दोस्रो स्थानमा छ भने पाराग्वे ३१ औं स्थानमा रहेको छ।

अब स्पेनले फाइनलमा पुग्नको लागि शक्तिशाली टिम जर्मनीको सामना गर्नेछ। mr.deepakbasnet@ymail.com/3 July

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: