नेदरल्याण्ड्स विश्वकप २०१० को फाइनलमा प्रवेश


दुई पटकको विश्वकप विजेता उरुग्वे र दुई पटकको उपविजेता नेदरल्याण्ड्सबीच भएको सेमी फाइनलको खेल जित्दै नेदरल्याण्ड्स फाइनलमा प्रवेश गरेको छ। दक्षिण अफ्रीकाको केपटाउनस्थित ग्रीन पोइन्ट स्टेडियममा भएको खेल२-३ ले जित्दै नेदरल्याण्ड्सले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

नेदरल्याण्ड्सले ३२ वर्षपछि पहिलो पटक फाइनलमा आफ्नो स्थान बनाएको हो । मंगलबार राति भएको खेल त्यत्ति आकर्षक नभए पनि दोस्रो हाफपछि नेदरल्याण्ड्सले राम्रो प्रदर्शन गरेको थियो ।
यद्यपि उरुग्वेले पनि खेलको अन्तिमसम्म हार मानेन । त्यसैले खेलको अन्तिम समय भने निकै रोमाञ्चक बन्न पुगेको थियो । जब उरुग्वेले दोस्रो हाफपछि गोल गर्‍यो तब खेल रोमाञ्चक बन्यो । तर नेदरल्याण्ड्सले प्रतियोगिता आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गर्ने पहिलो टीम बन्यो ।

गत विश्वकपमा अल युरोप फाइनल थियो र यसमा पनि यही हुने भएको छ। जर्मनी वा स्पेनमध्ये जसले जिते पनि युरोपबीच नै भिडन्त हुने भएको छ।
ब्राजीलविरुद्ध जबरजस्त प्रदर्शन गरेको नेदरल्याण्डको टीमले यो प्रतियोगितामा त्यत्ति आकर्षक खेल देखाउन भने सकेन । तर यो निश्चित हो कि उनीहरु पटक पटक गोल पोष्टमा आक्रामक रुपमा प्रस्तुत भइरहे ।
नेदरल्याण्डले पहिलो सफलता त्यस समय प्राप्त गर्‍यो जब कप्तान जियोवनी वैन बांकोस्टले करिब ३५ मिटरको दूरीबाट यस्तो सट प्रहार गरे जुन उरुग्वेका गोल किपर मुस्लेरालाई छल्दै गोलमा परिणत भयो । यो उत्कृष्ट गोल गोलपछि नेदरल्याण्डले खेललाई रोमाञ्चक बनाउने अपेक्षा गरिएको थियो तर नेदरल्याण्डले नकारात्मक रणनीति अपनायो र उरुग्वेकै जस्तो उनीहरुको ध्यान डिफेन्समा बढी लाग्यो ।
यही क्रममा नेदरल्याण्ड्सको डिफेन्सलाई छल्दै उरुग्वेका कप्तान डिएगो फोरल्यानले पनि ४१औं मिनेटमा टाढाबाट सट प्रहार गरेर जुन डच गोल किपरलाई छकाउन सफल भयो र गोल भयो । यसपछि भने खेल पुनः बराबरीमा आयो ।
यसपछि खेल निकै निराशाजनक रह्यो । तर प्रतियोगिताको ७१औं मिनेटमा पासा पल्टियो । जब स्नाइटरको सट गोलपोष्टमा ठक्कर खाँदै गयो । यो गोल यस विश्वकपमा स्नाइडरको पाँचौ गोल थियो ।
यसपछि नेदरल्याण्ड्सको टीन पुनः र्फममा फर्कियो । पुनः तीन मिनेट पछि नै आयन रांबेनले गोल गर्ने उत्कृष्ट अवसर पाए । रांबेनले हेडबाट गोल गरेर आफ्नो टीनलाई तीन एकको अग्रता दिलाए । यसपश्चात नेदरल्याण्ड्सले कैयौ आक्रामक प्रहार गर्‍यो तर उनीहरुले जितिसकेको ठानेकाले बचावमा लागे ।
प्रतियोगिताको अन्तिम समयमा केही रोमाञ्चकता छयो । उरुग्वेका परेराले गोल गरेर प्रतियोगितामा केही दूरी घटाउने कोशिस गरे । यतिबेलासम्म निकै समय कम बचेको थियो । उरुग्वेको टीम जसरी पनि एक गोल गर्ने प्रयासमा थियो तर यस्तो हुन सकेन ।
त्यसैले ३-२ ले प्रतियोगिता जित्दै नेदरल्याण्ड्सले १९७८ को विश्वकपपछि पहिलो पटक विश्वकपमा आफ्नो स्थान बनाउन सफल भएको छ। तर अझै पनि उपाधि चुम्नका लागि नेदरल्याण्डका लागि सहज भने छैन । उसले जर्मनी वा स्पेनमध्ये कुनै एकसँग स्पर्धा गर्नुपर्नेछ। त्यसको टुंगो आजै लाग्ने छ। आज हुने सेमीफाइनल अन्तर्गतको जर्मनी र स्पेनबीचको खेलले नेदरल्याण्डले कस्को सामना गर्नुपर्नेछ भन्ने तय हुनेछ।
सेमी फाइनलसम्म आइपुग्न उरुग्वेले पहिलो चरणमा फ्रान्ससँग बराबर खेलेको थियो । भने दक्षिण अफ्रीकालाई ०-३ र मेक्सिकोलाई ०-१ ले हराएको थियो। यस्तै दोस्रो राउण्डमा दक्षिण कोरियालाई १-२ ले हराउँदै क्वाटर फाइनलमा पुगेको थियो। सेमी फाइनल पुग्न उरुग्वेले सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न घानालाई टाइब्रेकरमा ४-२ ले हराएको थियो।
विश्वकप फुटबल २०१० मा कुनै खेल नहारेको नेदरल्याण्ड्सले पहिलो चरणमा पहिलो चरणमा डेनमार्क-०-२), जापान -०-१) र क्यामरुन-१-२)लाई पराजित गरेको थियो भने दोस्रो चरणमा स्लोभाकियालाई १-२ ले हराउँदै क्वाटर फाइनमा प्रवेश गरेको थियो। यस्तै क्वाटर फाइनलमा विश्वकप फुटबलको ५ पटकको विजेता ब्राजिललाई १-२ ले हराउँदै सेमी फाइनलको यात्रा तय गरेको थियो।
फिफा वरियताको चौथो स्थानमा नेदरल्याण्ड्स छ भने १६ औं स्थानमा उरुग्वे छ।
mr.deepakbasnet@ymail.com/6 July

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: