जर्मनी हराउँदै स्पेन फाइनलमा प्रवेश/ विश्वकप आठौं राष्ट्रले जित्ने निश्चित/ अक्टोपसको भविष्यवाणी सही


जर्मनी हराउँदै स्पेन फाइनलमा प्रवेश/ विश्वकप आठौं राष्ट्रले जित्ने निश्चित
विश्वकपको प्रबल दाबेदार राष्ट्र मानिएको अर्जेन्टिनालाई ४-० को फराकिलो अन्तरले पराजित गर्ने जर्मनीलाई ०-१ ले हराउँदै स्पेन विश्वकप फुटबल २०१० को फाइनलमा प्रवेश गरेको छ।
दक्षिण अफ्रीकाको डर्बनस्थित डर्बन स्टेडियममा भएको खेलमा स्पेनका डिफेन्डर कार्लेस पुयोलको गोलले स्पेन फाइनलमा पुगेको हो। फिफा वरियताको छटौं स्थानमा रहेको जर्मनीलाई दोस्रो स्थानमा रहेको स्पेनले खेलेको सुरु देखि नै दबाबमा राखेको थियो।

निकै रोमाञ्चक भएको खेलको पहिलो हाल्फ गोलरहित बन्न पुग्यो। अर्जेन्टिनाको सामु आफ्नो खुवी खुबै राम्रोसँग प्रदर्शन गरेको जर्मनीको खेल स्पेनको सामु फितलो सावित भयो। जर्मनीको कमजोर खेलको फाइदा स्पेनले ७३ औं मिनेट उठायो। म्यान अफ दी म्याच स्पेनी मिडफिल्डर जाभिले प्रहार गरेको कर्नर किकलाई पुयोलले हेडमार्फत उत्कृष्ट गोल गरे र स्पेनलाई फाइनलमा पुर्‍याए ।

स्पेनको गोलपोष्टमा निकै थोरै पटक बल पुर्‍याएको जर्मनीले केही प्रहार त गरेको थियो तर सो प्रहारलाई स्पेनी क्याप्टेन एवं गोल रक्षक इकर कासिलसले असफल तुल्याईदिए । रोनाल्डोको किर्तिमान भंग गर्ने सुरमा रहेको जर्मनी स्टार मिरास्लोभ क्लोजको खेल पनि त्यति बलियो थिएन। त्यस्तै मेस्युट ओजिलले स्पेनी डि बस्क भित्र बल पुर्‍याइसकेका थिए तर स्पेनी डिफेन्डर रेमसले फल गरेपछि गोल गर्न बाट उनी चुके ।
खेलको ८१ औं मिनेटमा डेभिड भिलाको सट्टामा मैदान छिरेका फर्नान्डो टोरेसले गोल गर्न सक्थे यदी पेड्रोले पास दिएको भए ।

तीन पटककसम्म विश्वकपको उपाधि चुमिसकेको छ भने स्पनेले अहिलेसम्म विश्वकपको उपाधि चुम्न सकेको छैन। जर्मनीले यसअघि १९५४, १९७४ र १९९० मा विश्वकपको उपाधि चुमेको थियो भने स्पेनको विश्वकपमा ठूलो उपलब्धि भनेको सन १९५० मा चौथो भएको थियो।
विश्वकप फुटबलमा जर्मनीको यो १७ औं सहभागिता हो भने स्पेनको १३ औं सहभागिता हो। स्पेन विश्वकपको उपाधि चुम्ने तरखरमा छ। अफ्रीकी महादेशमा भएको विश्वकप स्पेन वा नेदरल्याण्ड्स जसले चुमे पनि अविस्मरणीय हुने निश्चित छ। किन भने अहिलेसम्म सात राष्ट्रले मात्रै जित्दै आएको विश्वकप यसपालिको विश्वकपबाट विश्वकप जित्ने आठौं राष्ट्र थपिने छ।
फाइनलमा स्पनेले अहिलेसम्म नहारेको नेदरल्याण्ड्सको सामना गर्नेछ। यस्तै जर्मनीले तेस्रो स्थानको लागि उरुग्वेसँग भिड्नेछ। mr.deepakbasnet@ymail.com/7July

अन्ततः अक्टोपसको भविष्यवाणी सही निस्क्यो
बर्लिन, / जर्मनीको एउटा सामुद्रिक जीव अक्टोपसले गरेको भविष्यवाणी सत्य साबित भएको छ । जर्मनीले खेल हारेर स्पेनलाई फाइनलमा पुर्याएपछि कतिले हावा ठानेको भविष्यवाणी सत्य साबित हुन पुगेको हो ।
त्यसो त यस पटकको विश्वकप फाइनल स्पेनले जित्ने खबर पहिल्यै छरपष्ट भएपछि धेरैजसो जर्मन नागरिकहरुलाई दिक्क बनाएको थियो । पल नामक भविष्यवेत्ता मानिएको अक्टोपसले दक्षिण अफ्रिकामा हुने विश्वकपको सेमिफाइनल खेलमा स्पेनले जित्ने भविष्यवाणी गरिदिएको थियो र नभन्दै जर्मनीले स्पेनसँग अपत्यारिलो गरी १-० ले हार्न पुग्यो ।
बेलायतमा जन्मिएको पल नामक यो अक्टोपसले केही दिनअघिदेखि चर्चा बटुलिरहेको थियो । यसले खेल हुनुभन्दा अघि दुइ प्रतिस्पर्धीहरुमध्येको एउटा झण्डा उठाउँछ । र, यसले जुन देशको झण्डा उठाउँछ, त्यही देशले खेल जितिरहेको हुन्छ । सर्वियासँग हुन लागेको खेलमा पलले सर्विया र जर्मनीबीचको खेल हुनुअघि सर्वियाको झण्डा उचालेको थियो । त्यस खेलमा जर्मनीले १-० ले हारेको थियो ।
दुइ वटा टीभी च्यानलले प्रत्यक्ष प्रसारण गरेको जर्मनी र स्पेनबीचको भविष्यवाणीमा जर्मनीले हार्ने उल्लेख गर्ने बित्तिकै टीभी प्रसारण रोकिएको थियो ।
“पलले स्पेनको झण्डा उठाएर यो विश्वकपमा फाइनलमा छिर्ने संकेत देख्ने बित्तिकै मेरो मुटु धड्कियो”, सि लाइफ कम्पनीकी प्रवक्ता तान्जा मुन्जिगले भनिन्- “गल्ती मानिसले मात्र होइन, जनावरले पनि गर्छन् भन्ने मलाई लाग्छ । यस पटक पलले गलत भविष्यवाणी गरोस् भन्ने मेरो कामना छ ।” तर उनले कामना गरेजस्तो भइदिएन ।
यो अक्टोपसलाई ज्यादै बुद्धिमान अक्टोपसका रुपमा चिनिन्छ । यसअघि गरिएका नौ वटा भविष्यवाणीमध्ये एउटा मात्र गलत साबित भएको छ ।
यसको भविष्यवाणी प्रत्यक्ष हेर्न हजारौँ व्यक्तिहरुको भीड लागेको थियो ।
बेलायतमा जन्मिएको पलको यो गुण थाहा पाएपछि अष्ट्रेलिया, घाना, बेलायत, अर्जेन्टिनालाई जित्ने संकेत गरेको थियो । तर जर्मनीले सर्बियासँग हारेको खेलअघि गरिएको परीक्षणमा पलले सर्वियातर्फ संकेत गरेको थियो । र, अन्ततः उसको भविष्यवाणीअनुसार स्पेन फाइनलमा प्रवेश गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: