जर्मनी तेस्रो, उरुग्वे चौथो


विश्वकपको प्रबल दाबेदार मानिएको जर्मनी विश्वकप फुटबल २०१० को तेस्रो स्थान कब्जा गर्न सफल भएको छ। स्पेनसँग हारेर फाइनल प्रवेशको ढोका बन्द गरेको जर्मनी दक्षिण अफ्रीकाको पोर्ट इलिजावेथ स्टेडियममा भएको खेलमा उरुग्वेलाई ३-२ ले हराउँदै तेस्रो स्थान कब्जामा लिएको हो। पराजय भएको उरुग्वेले चौथो स्थानमै चित्त बुझाउनु पर्‍यो।
फिफा वरियताको छैटौं स्थानमा रहेको जर्मनी र १६ औं स्थानमा रहेको उरुग्वेबीचको खेलको १९ औं मिनेटमा जर्मनीका लागि युवा खेलाडी थोमस मुलरले गोल गरेर अग्रता दिएका थिए । दुई पहेलो कार्ड पाएर स्पेनसँगको खेल गुमाउन पुगेका मुलरको विश्वकप फुटबल २०१० मा यो ५ औं गोल हो । म्यान अफ दी म्याच मुलरले अष्ट्रेलियासँगको खेलमा १, इंग्ल्याण्डसँगको खेलमा २, अर्जेन्टिनासँगको खेलमा १ र उरुग्वेसँगको खेलमा १ गोल गरी विश्वकपमा गोल संख्या ५ पुर्‍याएका हुन्।

जर्मनीका लागि दोस्रो गोल मार्केल जनसेनले ५६ औं मिनेटमा गरेका थिए । उनले जेरेमी बोटेङको पासलाई हेडमार्फत गोलमा परिणत गरेका हुन्। जर्मनीका लागि तेस्रो गोल समी केइडेराले ८२ औं मिनेटमा गरेका थिए । उनले हेडमार्फत गोल गरेका हुन्।
उरुग्वेका लागि खेलको २८ औं मिनेटमा उरुग्वेका फरवार्ड इडिन्सन क्याभानीले पहिलो गोल गरेका थिए । दोस्रो गोल डिएगो फोर्लानले गरेका थिए । उनले इजिडिओ अरेभालोको पासलाई उत्कृष्ट रुपमा गोल गरेका थिए । उनको यो ५औं गोल हो। उनले दक्षिण अफ्रीकासँगको खेलमा २, घानासँगको खेलमा १, नेदरल्याण्ड्ससँगको खेलमा १ र जर्मनीसँगको खेलमा १ गरी जम्मा ५ गोल गरेका हुन्।
निकै सनसनीपूर्ण र रोमाञ्चक रहेको खेलमा जर्मनीका स्टारहरु लुकास पोडोल्स्की, मिरोस्लाभ क्लोज, फिलिप लहम मैदान पनि छिरेनन्। ४८ प्रतिशत बलमाथि अधिकार जमाएको उरुग्वेका लुईस स्वारेसले राम्रै खेलेका थिए ।
सेमी फाइनलसम्म आइपुग्न जर्मनीले पहिलो चरणमा अष्ट्रेलियालाई ४-० र घानालाई १-० ले हराएको थियो भने सर्वियासँग ०-१ ले पराजितको स्वाद चाखेको थियो। क्वाटर फाइनलमा पुग्न जर्मनीले इंग्ल्याण्डलाई ४-० ले पराजय गरेको थियो। यस्तै सेमी फाइनलमा पुग्न जर्मनीले विश्वकप फुटबल २०१० को प्रबल दाबेदार मानिएको अर्जेन्टिनालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो। ककफाइनलमा पुग्न भने स्पेनले रोकेको थियो। स्पेनले जर्मनीलाई ०-१ को ले हराएको थियो।

यस्तै उरुग्वेले पहिलो चरणमा फ्रान्ससँग बराबर खेलेको थियो भने दक्षिण अफ्रीकालाई ३-० र मेक्सिकोलाई १-०ले पराजित गरेको थियो। दोस्रो चरणमा उरुग्वेले दक्षिण कोरियालाई २-१ले पराजित गर्दै क्वाटर फाइनलमा पुगेको थियो। उरुग्वेले क्वाटर फाइनलमा घानालाई टाइब्रेकरमा पराजित गरेको थियो। घानालाई पराजित गर्दै सेमी फाइनल पुगेको उरुग्वेको बाटोको तगारो नेदरल्याण्ड्स बनेको थियो।

विगतका जर्मनी र उरुग्वेबीचको ८ खेलमा जर्मनीले ६ पटक उरुग्वेमाथि जित हासिल गरेको थियो भने उरुग्वेले अहिलेसम्म जर्मनीलाई जित्न सकेको छैन। दुई खेल बराबर खेलेका थिए ।
जर्मनीले सन १९५४, १९७४ र १९९०मा गरी तीन पटक विश्वकपको उपाधि चुमिसकेको छ। यस्तै सन् १९३० र १९५० मा गरी उरुग्वेले दुई पटक विश्वकप विजेता बनिसकेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: