स्पनेले रच्यो इतिहास/इनेस्टा हिरो/ विश्वकप जित्ने स्पेन आठौं राष्ट्र/कार्डको वर्षा

This slideshow requires JavaScript.


अहिलेसम्म विश्वकपको उपाधि चाख्न नसकेको स्पेन विश्वकप फुटबल २०१० को उपाधि चुम्न सफल भएको छ। दक्षिण अफ्रीकाको जोहनेसवर्गस्थित सकरसिटी स्टेडियममा भएको खेल नेदरल्याण्ड्सलाई ०-१ ले जित्दै पहिलो पटक विश्वकप फुटबल २०१० को उपाधि चुम्न सफल भएको हो।
सन् १९५० को विश्वकप फुटबलमा चौथो स्थानसम्म पुग्न सफल भएको स्पेनलाई विश्वकप फुटबल २०१० को उपाधि चुमाउन स्पेनी मिडफिल्डर आन्द्रेस इनेस्टा सफल भए । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलाइएको एक्स्ट्रा टाइममा स्पेनले गोल गरेको हो। खेलको ११६ औं मिनेटमा बार्सिलोनाका इनेस्टाले गोल गर्दै स्पेनलाई विश्वकप विजेता बनाएका हुन्। उनले ४८ खलेमा ७ गोल गरेका छन्। म्यान अफ दी म्याच इनेस्टाले खेलमा एक पहेलो कार्डपनि पाएका थिए।
सन् १९७४ र १९७८ को विश्वकपमा उपविजेता भएको नेदरल्याण्ड्सले उपविजेताको हृयाट्रीक नै गर्‍यो। नेदरल्याण्ड्स २०१० को विश्वकपमा पनि उपविजेता मै चित्त बुझाउन बाध्य भएको हो ।
बलमाथि ५६ प्रतिशत अधिकार जमाउन सफल स्पेनले खेलको सुरुवातबाटै आक्रमक खेलेको थियो। तर गोल गर्न सफल भइरहेको थिए। स्पेनलाई विश्वकप विजेता बन्न धौ धौ पारेको थियो नेदरल्याण्ड्सले । नेदरल्याण्ड्सका आर्जेन रोबेनले दुई पटक गोल गर्नबाट चुकेका थिए। यसअघिका खेलमा हिरो सावित गर्दै आएका वेस्ले स्नेइडर भने खेलमा कमजोर देखिए।
विश्वकपमा फितलो पद्रर्शन गर्दै आइरहेका फरनान्डो टोरेस भने एक्स्ट्रा टाइमको दोस्रो हाल्फमा डेभिड भिलाको सट्टामा मैदान छिरेका थिए।
फाइनलसम्म आइपुग्न नेदरल्याण्ड्सले कुनै खेल हार्नु परेको थिएन । नेदरल्याण्ड्सले पहिलो चरणमा डेनमार्कलाई २-०, जापानलाई १-० र क्यामरुनलाई २-१ ले पराजित गरेको थियो। नेदरल्याण्ड्सले दोस्रो चरणमा स्लोभाकियालाई २-१ ले पराजित गरी क्वाटर फाइनल पुगेको नेदरल्याण्ड्सले विश्वकपको दाबेदार राष्ट्रको रुपमा लिइएको ब्राजिललाई २-१ ले हराउँदै सेमीफाइनल पुगेको थियो। नेदरल्याण्ड्सले सेमी फाइनलमा उरुग्वेलाई ३-२ ले हराउँदै फाइनल पुगेको थियो।
स्पेन फाइनलसम्म आइपुग्न एक खेलमा हार बेहोर्नु परेको थियो। स्पेन पहिलो चरणको खेलमा स्वीट्जरल्याण्डसँग ०-१ ले हारेको थियो। दोस्रो चरण पुग्न स्पेनले होन्डुरसलाई २-० र चिलीलाई २-१ ले पराजित गरेको थियो।
स्टार खेलाडीले भरिभराऊ भएको स्पेनले दोस्रो राउण्डमा शक्तिशाली राष्ट्र पोर्चुगललाई १-० ले हराउँदै क्वाटर फाइनलमा पुगेको थियो। क्वाटरफाइनलमा पाराग्वेलाई १-० ले हराएर सेमी फाइनल पुगेको स्पेनले विश्वकपको दाबेदार राष्ट्रको रुपमा लिइएको अर्जेन्टिनालाई हराएको जर्मनीलाई १-० लाई हराएको थियो।
फिफा वरियताको दोस्रो स्थानमा रहेको स्पेन र चौथो स्थानमा रहेको नेदरल्याण्ड्सबीच विगतमा भएको खेलमध्ये ४ खेल नेदरल्याण्ड्सले जितेको थियो भने ३ खेल स्पेनले जितेको थियो। एक खेल बराबरी खेलेका थिए ।
विश्वकप विजेता बनेको स्पेनले ट्रफी उचाल्दै र ट्रफीसँगै फोटो खिचाउँदै खुसी मनाएका थिए। अहिलेसम्म सात राष्ट्रले मात्र विश्वकपको उपाधि चुमेकोमा स्पेन आठौं राष्ट्र भएको छ। mr.deepakbasnet@ymail.com/11July

फाइनल खेलमा कार्डको वर्षा/ एक रातोसहित १४ कार्ड देखाइए
नेदरल्याण्ड्स र स्पेनबीचको खेलमा कार्डको वर्षा नै भयो भन्दा पनि हुन्छ। खेल अवधिभरि नेदरल्याण्ड्सले एक रातो र ८ पहेलोसहित ९ र स्पेनले ५ वटा पहेलो कार्ड गरी जम्मा १४ कार्ड पाएका थिए।

पहिलो हाल्फमा नेदरल्याण्ड्सका स्टार रोबिन भान पर्सीले १५ औं मिनेटमा, २२ औं मिनेटमा मार्क भान बोमेल, २८ औं मिनेटमा निगेल डे जोङले पहेलो कार्ड पाएका थिए । दोस्रो हाल्फमा ५४ औं मिनेटमा जिओभानी भान ब्रोंखस्र्ट, ५७ औं मिनेटमा जोन हेटिंगाले पहेलो कार्ड पाए । उनले ३० मिनेटको एक्स्ट्रा टाइमको दोस्रो हाल्फको छैटौं मिनेट अर्थात १११ औं मिनेटमा पहेलो र रातो कार्ड पाएर मैदान छाडेका थिए । ८४ औं मिनेटमा नेदरल्याण्ड्सका मुटु मानिएका स्ट्राइकर आर्जेन रोबेनले पहेलो कार्ड पाएका थिए । एक्स्ट्रा टाइममै ग्रेगोरी भान डेर वेल र जोरिस महिसेनले पहेलो कार्ड पाएका थिए ।

यस्तै पहिलो हाल्फमा स्पेनका स्टार कार्लेस पुयोलले १६ औं मिनेटमा पहेलो कार्ड पाए । जर्मनीसँगको खेलमा उनले हेडमार्फत गरेको गोल कारण स्पेन फाइनलमा पुग्न सफल भएको थियो। अर्का स्टार सर्जियो रामोसले २२ औं मिनेटमा पहेलो कार्ड पाएका थिए ।
६७ औं मिनेटमा स्पेनी डिफेन्डर जोन क्याप्डेभिलाले पहेलो कार्ड पाएका थिए । त्यस्तै ११८ औं मिनेटमा आन्द्रेस इनेस्टाले पहेलो कार्ड पाएका थिए । यसअघि जर्मनीसँगको खेलमा म्यान अफ दी म्याच भएका जाभी हर्नान्डेजले पनि १२० औं मिनेटमा पहेलो कार्ड पाएका थिए।
फाइनल खेलका रेफ्री इंग्ल्याण्डका होवार्ड वेभ थिए ।
यो विश्वकपमा १४ कार्ड कुनै पनि खेलमा देखाइएको थिएन्। mr.deepakbasnet@ymail.com/11July

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s