गोल्डेन बल फोर्लानलाई/गोल्डेन बुट र बेस्ट योङ्ग प्लेअर मुलरलाई/ कासिलसलाई गोल्डेन ग्लोभ

This slideshow requires JavaScript.


एडिडास गोल्डेन बल डिएगो फोर्लानलाई
विश्वकप फुटबल २०१० का बेस्ट प्लेअर उरुग्वेका स्टार डिएगो फोर्लान भएका छन्। उत्कृष्ट खेलका कारण डिएगो फोर्लान बेस्ट प्लेअर बन्दै ‘एडिडास गोल्डेन बल’ पाउन सफल भएका हुन्।
जर्सी नं.१० का खेलाडीहरु फ्लप भइरहँदा उरुग्वेका डिएगो फोर्लान भने यो विश्वकपमा हिरो नै भए । उनको उत्कृष्ट प्रदर्शनका कारण उरुग्वे सेमीफाइनलसम्म पुग्न सजिलो भएको थियो। उनले उरुग्वेका लागि ५ गोल गरेका छन्। ३१ वर्षीय फोर्लान उरुग्वेका मुटु मानिन्छन्। आक्रमक खेल खेल्ने उनकै कारण उरुग्वे सेमी फाइनलसम्म पुग्न सफल भएको थियो।
उनले साउथ अफ्रीका विरुद्धको खेलमा २, घानासँगको खेलमा १, नेदरल्याण्ड्ससँगको खेलमा १ र जर्मनीसँगको खेलमा १ गरी ५ गोल गर्न सफल भए । यो विश्वकप फुटबलमा ७ खेल खेलेका फोर्लानले देशको इज्जत राखेका छन्।

एडिडास सिल्भर बल भने नेदरल्याण्ड्सका वेस्ली स्नेइडर र ब्रोन्ज बल स्पेनका ‘हिटम्यान’को रुपमा परिचित डेभिड भिलाले पाएका छन्। नेदरल्याण्ड्सका स्नेइडरले यो विश्वकपमा ५ गोल गरेका छन्। उनी नेदरल्याण्ड्सका उत्कृष्ट मिडफिल्डर हुन्।
यस्तै ५ गोल गरेका स्पेनका फरवार्ड डेभिड भिला स्पेनका लागि महत्वपूर्ण खेलाडी हुन्।

एडिडास गोल्डेन बुट थोमस मुलरलाई
विश्वकप फुटबलमा सर्वाधिक गोलकर्तालाई सम्मानस्वरुप प्रदान गरिने अवार्ड ‘एडिडास गोल्डेन बुट’ जर्मनीका युवा खेलाडी थोमस मुलरलाई प्रदान गरिएको छ।
जर्मनीको १३ नं.जर्सी लगाउने २० वर्षका युवा खेलाडी मुलरले विश्वकप २०१० मा ५ गोल गरेका छन्। उनको सहयोगमा ३ गोल भएका थिए। उनका कडा प्रतिद्वन्दी स्पेनका डेभिड भिला र नेदरल्याण्ड्सका वेस्ली स्नेइडरले पनि ५/५ गोल गरेता पनि उनीहरुको सहयोगमा मात्र १/१ गोल भएका थिए।
वायन म्यूनिखका स्टार मुलुरले अष्ट्रेलियासँगको खेलमा १, इंग्ल्याण्डसँगको खेलमा २, अर्जेन्टिनासँगको खेलमा १ र उरुग्वेसँगको खेलमा १ गरी ५ गोल गरेका हुन्।

एडिडास सिल्भर बुट भने स्पेनका डेभिड भिला र ब्रोन्ज बुट नेदरल्याण्ड्सका वेस्ली स्नेइडरले पाएका छन्।

एडिडास गोल्डेन ग्लोभ इकर कासिलासलाई

उत्कृष्ट गोल रक्षकलाई प्रदान गरिने एडिडास गोल्डेन ग्लोभ स्पेनका क्याप्टेन तथा गोलकिपर इकर कासिलासले पाएका छन्। उत्कृष्ट बचावटका कारण गोलकिपरको भीडमा हिरो ठहरिएका कासिलासलाई यो विश्वकप अविस्मरणीय हुनेछ।
दक्षिण अफ्रीकामा भएको विश्वकप फुटबल २०१० मा उनले मात्र २ गोल खाएका छन्। उनले चिली र स्वीट्जरल्याण्डसँगको खेलमा एक/एक गोल खाएका थिए। दुवै गोल पहिलो चरणको खेलमा खाएका थिए। दोस्रो चरणदेखि खेल सुधारेका कासिलसले त्यसपछि गोल खानै परेन।
बेस्ट गोल किपरको नमुना देखाएका उनले जर्मनीसँगको खेलमा उत्कृष्ट बचावट गरेका थिए। उनी रियल म्याड्रीडमा आबद्ध छन्।
एडिडास गोल्डे ग्लोभ पाउने गोल किपरको नाम फिफा टेक्निकल स्टडी ग्रुपले निर्णय गर्छ।

हुन्डाई बेस्ट योङ्ग प्लेअरः थोमस मुलर, जर्मनी
सर्वाधिक गोल कर्ताको रुपमा गोल्डेन बुट पाएका जर्मनीका युवास्टार थोमस मुलरको भागमा हुन्डाई बेस्ट योङ्ग प्लेअरको अवार्ड पनि परेको छ।
जर्मनीका फरवार्ड थोमस मुलरले विश्वकप फुटबल २०१० मा चमत्कार नै देखाए । बायन म्युनिखका योङ्गस्टार मुलरले विश्वकपमा ५ गोल गरे भने तीन गोल गर्न सघाए ।
२० वर्षका युवा मुलर जर्मनीका लागि उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भए। उत्कृष्ट र आक्रमक खेल्ने मुलरको खेलकै प्रभावले गर्दा फिफा टेक्निकल स्टडी ग्रुपले उनलाई बेस्ट प्लेअर अफ दी टुर्नामेन्टको संज्ञा पनि दियो।
घाना र अर्जेन्टिनासँगको खेलमा पहेलो कार्ड पाएका उनले सेमीफाइनलमा स्पेनसँगको खेल गुमाउन पुगेका थिए। २००६ मा पनि जर्मनीकै लुकास पोडोल्स्कीले बेस्ट योङ्ग प्लेअरको उपाधि पाएका थिए। इंग्ल्याण्ड र उरुग्वेसँगको खेलमा म्यान अफ दी म्याचसमेत भएका मुलर जर्मनीबाट हुन्डाई वेस्ट योङ्ग प्लेअर पाउने तेस्रो खेलाडी हुन्। यसअघि १९६६ मा फ्रान्ज बेकेनबउइर र २००६ मा लुकास पोडोल्स्कीले पाएका थिए।

फिफा फेयर प्ले अवार्डः स्पेनलाई
दक्षिण अफ्रीकामा भएको विश्वकप २०१० को विजेता स्पेनले फिफा फेयर प्ले अवार्ड पनि पाएको छ। बेस्ट टिमको रुपमा खेल प्रस्केको स्पेनले विश्वकपभरि ८ वटा मात्रै पहेलो कार्ड पायो।
उत्तर कोरियाले २ वटा पहेलो कार्डमात्र पाए पनि उत्तर कोरियाले मात्र तीन खेल खेलेको थियो। उत्तर कोरिया पहिलो चरणबाटै घर फर्केको थियो।
फिफा फेयर प्ले अवार्डले स्पेनलाई अझ खुसी तुल्याइदिएको छ। mr.deepakbasnet@ymail.com/11 July

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: