विश्वकप फुटबल २०१० मा जर्सी नं.१०: केही हिट, केही फ्लप

This slideshow requires JavaScript.


दक्षिण अफ्रीकामा भएको उन्नाइसौं विश्वकप फुटबल २०१० मा सोचे विपरीत परिणामहरु देख्न पाइयो। केही खेलाडीले चमत्कार देखाए त केही खेलाडी विश्वकपमा फ्यानलाई निराश पारिदिए । अफ्रीकी महादेशमा पहिलो पल्ट आयोजना गरिएको विश्वकपमा विशेष गरी १० नं.जर्सीधारीले सोचे अनुसारको चमत्कार गर्न सकेनन्।

लियोनल मेसी(अर्जेन्टिना)

विश्वकप फुटबल २०१० बाट सर्वाधिक चर्चित बन्ने अवसरबाट चुके अर्जेन्टिनाका स्टार लियोनल मेसी । उनलाई यो विश्वकपले चर्चाको शिखरमा पुर्‍याउने आश गरिएको थियो। तर उनले अपेक्षाकृत प्रदर्शन देखाउन असफल रहे । उनलाई गोल पीडित खेलाडी भन्दा पनि फरक पर्दैन । उनले अर्जेन्टिनाले खेलेको सबै खेलमा सहभागिता जनाएका थिए तर गोलकर्ताको रुपमा भने परिचित भएनन । उनले प्लेमेकरको रुपमा खेले । यसको अर्थ उनले नराम्रो खेलेको भने होइन। अर्जेन्टिनाले गरेको १० गोलमध्ये ८ गोल उनको सहयोगमै सम्भव भएको थियो। बार्सिलोनाका स्टार मेसीले कुनै पार्ड पाउने गरी फल खेलेनन्। विश्वकप फुटबल २०१० मा बढी सुट गर्ने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा पर्छन। पहिलो स्थानमा घानाका असमोह जियान रहेका छन्।

काका(ब्राजिल)

ब्राजिलियन स्टार काकाले विश्वकपमा सुपर फ्लप भए । उनलाई अफ्रीकी महादेशमा आयोजना गरिएको विश्वकप फापेन भन्दा पनि हुन्छ। उनले आफ्नो भएकै खुबीलाई प्रदर्शन गर्नबाट चुके र फ्यानहरुलाई चकित तुल्याईदिए । अनुशासित रियल म्याड्रीडका खेलाडी काकालाई धेरैले सोचेका थिए उनले विश्वकपमा चमत्कार देखाउने छन् तर उनी रातो कार्डको समेत सिकार हुन पुगेका थिए । गोल गर्नबाट चुकेका काकाले गोलका लागि सघाएका थिए ।

वायन रोनी(इंग्ल्याण्ड)

इंग्ल्याण्डका आशा गरेका खेलाडी हुन् वायन रोनी तर उनले विश्वकप फुटबल २०१० मा सोचेअनुसार प्रदर्शन गर्न सकेनन्। विश्वकप खेल्नुअघि क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीसँग दाजिएको रोनीलाई विश्वकप २०१० ले फ्ल नै बनाइदियो। उनीबाट बढी अपेक्षा गरिएको थियो तर अपेक्षा गर्नेहरुको अपेक्षा अपेक्षामै सिमीत भयो। विश्वकप २०१० मा चार खेले खेलेका म्यान्चेस्टर युनाइटेडका रोनीले इंग्ल्याण्डका लागि कुनै गोल गर्न सकेनन्।

सुनसुके नाकामुरा(जापान)
निकै फितलो खेलेका जापानका नाकामुराले जापानका लागि कुनै गोल गर्न सकेनन्। जापान सहभागी भएको चार खेलमा एक खेलमा मात्र मैदान पसेका नाकामुराको विश्वकपमा अनुहार हेर्नसमेत धौ धौ परेको थियो।

एन्टोनिओ डि न्याटेल(इटली)
२००६ को विश्वकप विजेता इटलीका फरवार्ड एन्टोनिओ डि न्याटेलले आफ्नौ खुबी देखाउन नपाउँदै विश्वकपबाट बाहिरिनु परेको थियो। तीन खेल खेलेका न्याटेलले इटलीका लागि एक गोल गर्न भने भ्याए । उनले स्लोभाकियासँगको खेलमा गोल गरेका हुन्।

डिएगो फोर्लान(उरुग्वे)
जर्सी नं.१० का खेलाडीहरु फ्लप भइरहँदा उरुग्वेका डिएगो फोर्लान भने यो विश्वकपमा हिरो नै भए । उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल पाउनसमेत सफल फोर्लानको उत्कृष्ट प्रदर्शनका कारण उरुग्वे सेमीफाइनलसम्म पुग्न सजिलो भएको थियो। उनले उरुग्वेका लागि ५ गोल गरेका छन्। उनले साउथ अफ्रीका विरुद्धको खेलमा २, घानासँगको खेलमा १, नेदरल्याण्ड्ससँगको खेलमा १ र जर्मनीसँगको खेलमा १ गरी ५ गोल गर्न सफल भए । विश्वकप फुटबलमा ७ खेल खेलेका फोर्लान जर्मनीसँगको खेलमा उत्कृष्ट गोल गर्दै हिरो नै भए । उनले भने जर्सी नं.१० को इज्जत धानेका छन्।

लुकास पोडोल्स्की(जर्मनी)
युवा खेलाडीले भरिएको जर्मनीको १० नं.जर्सीमा विश्वकप फुटबल खेलेका लुकास पोडोल्स्कीलाई यो विश्वकपले अझ उचाई थपिदिएको छ। उनले जर्मनीको लागि २ गोलमात्र गरे पनि जर्मनीका लागि योगदान दिए । उनले अष्ट्रेलियासँगको खेलमा १, इंग्ल्याण्डसँगको खेलमा १ गोल गर्न भ्याएका थिए । उनले तेस्रो स्थानका लागि उरुग्वेसँगको खेल भने खेलेनन्।

वेस्ली स्नेइडर(नेदरल्याण्ड्स)
विश्वकप फुटबल २०१० को अर्का एक खेलाडीलाई पनि उचाईमा पुर्‍याई दियो। उनी हुनु नेदरल्याण्ड्सका वेस्ली स्नेइडर । उनले नेदरल्याण्ड्सलाई फाइनलसम्म पुर्‍याउन ठूलो योगदान दिएका थिए । नेदरल्याण्ड्सका लागि ५ गोल गरेका स्नेइडरले जापानसँगको खेलमा १, स्लोभाकियासँगको खेलमा १, ब्राजिलसँगको खेलमा २ र उरुग्वेसँगको खेलमा १ गोल गरी आफ्नो खातामा ५ गोल दर्ता गराएका छन्।

लान्डोन डोनोभान(अमेरिका)
दोस्रो चरणबाटै बाहिरिएको अमेरिकाका लान्डोन डोनोभानले पनि विश्वकप फुटबल २०१० मा आफ्नो नाममा तीन गोल दर्ता गर्न सफल भए । उनले स्लोभानियासँगको खेलमा १, अल्जेरियासँगको खेलमा १ र घानासँगको खेलमा पेनाल्टीमा १ गोल गरी जम्मा तीन गोल गर्न सफल भए । चार खेलमा तीन गोल गरेका उनको प्रतिभा हेर्न मन हुँदाहुँदै दोस्रो चरणबाटै अमेरिका बाहिरिएको थियो। उनले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखिएको थियो। mr.deepakbasnet@ymail.com/12July

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: