रामेछापबाट आज पदयात्रा आरम्भ


रामेछाप । समाजमा महिलाविरुद्ध हुने सबै किसिमको हिंसा अन्त्य गर्ने सन्देशसहित मुलुकका तीनवटा जिल्लाबाट एकै साथ आरम्भ गरिएको मेची महाकाली पदयात्राका पदयात्रीहरुलाई आज रामेछापको सदरमुकाम मन्थलीबाट बिदाइ गरियो । ‘हामी सक्छौँ’ अभियान सचिवालयको आयोजना र विभिन्न सङ्घसंस्था तथा हामी सक्छौँ अभियानका ५० हजारभन्दा बढी परिवर्तनका संवाहकहरुको प्रयासबाट पूर्वको इलाम, मध्यमाञ्चलको रामेछाप र सुदूरपश्चिमाञ्चलको दार्चुलाबाट एकै साथ आरम्भ गरिएको उक्त अभियान ६२ जिल्ला पार गर्दै यही कात्तिक २५ गते बुटवलमा पुगेर समापन गरिने आयोजक संस्थाले जनाएको छ । हामी सक्छौँ अभियानलाई देशव्यापीरुपमा फैलाउने उद्देश्यका साथ हिँडेका पदयात्रीहरुलाई रामेछाप जिल्लाका प्रजिअ, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी आदिले भव्य स्वागत र बिदाई गरेका थिए ।