डर पहिलो रात्रिको

विवाहपछिको पहिलो प्रणय रात्रि अर्थात् सुहागरातका सम्बन्धमा नवविवाहित जोडीलाई जति रोमाञ्चक अनुभूति हुन्छ त्यति नै डर पनि हुन्छ । प्रथम प्रणय रात्रिका सम्बन्धमा महिलालाई मात्र नभएर पुरुषको मनमा पनि डर तथा अन्यौल हुन्छ ।

महिलालाई महसुस हुने डर

सामाजिक कारणः हाम्रो सामाजिक परििस्थति र मान्यताअनुसार यौनलाई वर्जित कुराका रूपमा लिइएको पाइन्छ । विवाहपछिको क्रियाका रूपमा लिइने र वंश वृद्धिको माध्यममा सीमित राखिएकाले अहिलेको आधुनिक सामाजिक दायरामा पनि कतिपय युवती विवाहयोग्य हुँदाको उमेरसम्म पनि यसको जानकारीबाट वञ्चित देखिन्छन् । यही कारणले उनीहरू यौनप्रतिको रुचि र उत्सुकताबाट टाढा छन् । उनीहरूमा यसप्रतिको डर तथा अन्यौल पनि हुन्छ ।

समाधानः एक निश्चित उमेरपछि यौनका बारेमा जानकारी राख्नु आवश्यक हुन्छ । विवाह तय भैसकेपछि यौन सम्बन्धका बारेमा मनमा कुनै प्रकारको शंका वा भय रहे आफ्ना विवाहित मित्रहरू वा आमा, भाउजू अथवा यौन-विशेषज्ञबाट सही जानकारी हासिल गरी शंका र जिज्ञासा हटाउनु आवश्यक छ ।

भावनात्मक कारण

हाम्रो समाजमा करबि ९० प्रतिशत विवाह परिवारको सहमतिमा हुन्छ । जसमा विवाहित दम्पती एक-अर्काका बारेमा अपरिचित हुन्छन् । प्रारम्भिक समयमा दम्पतीबीच भावनात्मक लगाव हुँदैन । यस स्थितिमा अधिकांश महिला यौन सम्बन्धका लागि तयार हुँदैनन् । परण्िाामस्वरूप सुरुका दिनमा यौनसम्पर्कका समयमा उनीहरू उत्तेजित हुँदैनन् । यसका अतिरत्तिm कतिपय महिलामा यौनका सम्बन्धमा अनेक भ्रान्ति हुन्छन् । अधिकांश महिलामा प्रथम सहवासका समयमा पीडा तथा ब्लिडिङको भय रहन्छ । साथै तिनमा गर्भधारणको पनि डर हुन्छ ।

समाधान ः विवाहका विभिन्न विधि पूरा गर्ने क्रममा नवदम्पती त्यसै पनि शारीरकि रूपले थकित हुन्छन् । अतः यौनका लागि हतार गर्नुहुँदैन । सबैभन्दा पहिले एक-अर्कालाई बुझ्ने प्रयास गर्नुपर्छ । भावनात्मक लगावका लागि अवसर प्रदान गर्नुपर्छ । त्यसपछि मात्र एक-अर्काको इच्छा बुझेर यौन-सम्बन्धतर्फ अग्रसर हुनु उचित हुन्छ । यो प्रसंगमा प्रतीक्षाको फल मीठो हुन्छ भन्ने कुरा बुझ्नु राम्रो हुन्छ ।

पेनिट्रेसनको भय

अधिकांश महिलाको मनमा पेनिट्रेसन अर्थात् लिङ्गको प्रवेशलाई लिएर भय हुन्छ । यही कारणले गर्दा महिलाहरू सहवासमा सहयोग गर्न हिच्किचाउँछन् । यसबाट पुरुषलाई पेनिट्रेसन गर्न असजिलो हुन्छ । यो डर आफन्तजन वा मित्रले ख्याल-ख्यालमा भनेको कुराका कारण पनि उत्पन्न हुन्छ । कतिपय अवस्थामा कुनै युवतीमाथि घटेका कुनै घटनाको समाचार वा त्यस्तै कुनै कुराले पनि असर पारेको हुन्छ ।

समाधान ः मनबाट भय हटाउने प्रयासपछि पनि समस्या समाधान नभए मनोचिकित्सकहरूसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

उत्तेजनाको कमी

सफल र सुखद् यौन-सम्बन्धका लागि महिला उत्तेजित हुनु आवश्यक छ । महिला उत्तेजित नभएको अवस्थामा उनका लागि सहवास अत्यन्त पीडादायी हुन पुग्छ । उत्तेजित नहुनुका पछाडि हार्मोनल वा बायोकेमिकल कारण पनि हुनसक्छ । कतिपय अवस्थामा आत्मविश्वासको कमीले पनि यस्तो हुन्छ । यसका अतिरत्तिm यदि महिला आफ्नो श्रीमान्सँग भावनात्मक रूपले जोडिएकी छैनन् भने पनि उनलाई उत्तेजित हुन समय लाग्छ ।

समाधान ः श्रीमान्सँग नजिकिने प्रयास गर्नुपर्छ । फोरप्लेको समय बढाउनुपर्छ । भावनात्मक रूपले नजिकिने प्रयास गरे सबै समस्या समाधान हुन्छ ।

सहवासका बेला पीडा

कतिपय सहवासमा भय नभए पनि महिलाहरूलाई पीडा हुन्छ । त्यसैले उनीहरू डराउँछन् । पटक-पटक पीडा भए उनीहरूको मनमा सधैंका लागि डर बस्छ । यसका अन्य कारण पनि हुनसक्छन्, जस्तै- पेल्बिक मसल्स टाइट हुनु, हाइमेन मोटो हुनु, हार्माेन्सको असन्तुलन, योनिमा चिप्लोपनको कमी, इन्फेक्सन आदि ।

समाधानः पीडाको कारण थाहा नभएसम्म सहवास गर्नुहुँदैन, अन्यथा स्थिति बिग्रन सक्छ । पहिले आफ्नी नव विवाहिता श्रीमतिसँग कुरा गरेर पीडाको कारण जान्ने प्रयास गर्नुपर्छ । सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ । सहवासका बेला योनिमा चिल्लोपनका लागि जेली प्रयोग गर्न सकिन्छ । मोटो हाइमेनको समस्यालाई एक साधारण अप्रेसनबाट ठीक गर्न सकिन्छ । हार्मोन्सको असन्तुलन ठीक गर्न चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्छ ।

पुरुषलाई महसुस हुने भय

परफर्मेन्सको भय ः यौनसम्पर्क असफल हुने एवं आफ्नी श्रीमतीलाई सन्तुष्ट गर्न नसकिने हो कि भन्ने डरले पुरुषलाई रल्ियाक्स हुन गाह्रो हुन्छ । यही कारणले गर्दा यौनसम्पर्क सफल हुन पाउँदैन । फलस्वरूप मनमा निराशा जन्मन्छ । कयौं पटक यो भावना यतिसम्म बढ्छ कि पुरुष स्वयं आफूलाई नपुंसक सम्झन थाल्छ ।

समाधानः परफर्मेन्सको चिन्तालाई छाडेर सहवासबाट प्राप्त हुने आनन्दलाई महसुस गर्नुपर्छ र सामान्य रहने प्रयास गर्नुपर्छ ।

इरेक्सन नहुने डर

सफल सहवासका लागि इरेक्सन अर्थात् पुरुष लिङ्ग उत्तेजित हुनु आवश्यक छ । यदि पुरुष यो कुरामा असफल भए उसको आत्मविश्वास डगमगाउँछ ।

समाधान ः केही क्षणका लागि इरेक्सनको कुरा बिर्सिएर फोरप्लेको आनन्द लिनुपर्छ । मन्द प्रकाश, हल्का संगीत, हल्का खालको पर्फ्युमको सुगन्धमा प्रयास गर्नुपर्छ । त्यसपछि पनि सफलता प्राप्त नभए सेक्सोलोजिस्टसँग सम्पर्क गर्नु उचित हुन्छ ।

पि्र-मेच्योर इजाक्युलेसन

जब पुरुष यौन सन्तुष्टि प्राप्त नगरी इजाक्युलेट अर्थात् स्खलित भए त्यसलाई पि्र-मेच्योर इजाक्युलेसन भनिन्छ । यदि दुई-चार पटक यस प्रकारको स्थिति सामना गर्नुपरे लज्जा महसुस हुन्छ र भयका कारण मनमा निराशा तथा तनावले ठाउँ बनाउँछ अनि त्यसपछि हरेकपटक यो स्थिति दोहोरिन्छ ।

समाधान ः मनबाट डर हटाउने हरसम्भव प्रयास गर्नुपर्छ तर पनि परििस्थतिबाट उम्कन सकिएन भने सेक्सोलोजिस्टको सल्लाहअनुसार स्टार्ट स्टप मेथड वा स्किब्ज थेरापीको सहयोग लिनुपर्छ ।

विवाहपछिको भय

वैवाहिक सम्बन्धका अनेक महत्वपूर्ण पक्ष हुन्छन् । जसमध्ये दुई विपरीत लिङ्गी शरीरको समागम र त्यसपछि प्रजननद्वारा वंशवृद्धिको महत्त्व धेरै हुन्छ । यदि प्रजननको काम सन्तोष र आनन्दपूर्वक भए सन्तान पनि उत्तम हुन्छन् । यो कुरालाई शास्त्रले स्वीकार गरेको छ र यसमा आजको चिकित्सा पद्धतिले पनि सहमति जनाएको छ । अपहेलना, बेमन र तनाव तथा आवेगका बीच भएको समागमले न माता-पितालाई न त जन्मने सन्तानलाई नै राम्रो गर्छ । अतः वैवाहिक जीवनमा यौनको भूमिका, यसको महत्त्व र आवश्यकतालाई अवमूल्यन गर्नुहुँदैन ।

उत्साह, यौनजीवन र वातावरण

कतिपय पुरुष समागमका लागि हर समय उत्सुक हुन्छन् तर महिला भने कुनै न कुनै रूपमा नाइँ भन्न बाध्य हुन्छिन् । त्यसैले सामान्य मनस्थिति भएकी महिला नियमित रूपमा सहवासका लागि तयार नहुने स्थिति बढी हुन्छ । कतिपय अवस्थामा मानसिक, शारीरकि, भावनात्मक र सामाजिक तथा पारविारकि पक्ष पनि यसको कारकतत्त्व हुन्छ । जीवनमा समस्याहरूको सामना कुनै न कुनै रूपमा गररिहनुपर्ने हुन्छ अतः त्यसबाट विचलित भएर नाइँ भन्नुहुँदैन । तीमध्ये कसैको मृत्यु हुनु वा उपयुक्त वातावरण नभएको स्थितिमा नाइँ भन्नु उचित हुन्छ । यौन र वातावरणको अटुट सम्बन्ध हुन्छ । घरमा सबै परविारजनको उपस्थिति भएको बेला, केटाकेटीको होहल्ला भएको अवस्थामा, सुखद् वातावरणको अनुभूति नभएको बेला, एकान्त गुम्ने डर भएको स्थितिमा, कोठाभित्रको आवाज बाहिर सुनिन सक्ने स्थितिमा, कुनै न कुनै बेला कसै न कसैले आफूलाई बोलाइरहने स्थितिमा श्रीमतीले सहवासका लागि नाइँ भने श्रीमान्लाई कुनै प्रकारको आपत्ति हुनुहुँदैन ।

समझदारी आवश्यक

केटाकेटी हुर्किसकेको अवस्थामा श्रीमान्-श्रीमतीबीचको अन्तरंग सम्बन्धमा तिनको अचानक उपस्थिति हुन सक्ने भयले पनि कतिपय अवस्थामा श्रीमतीले श्रीमान्को अनुरोध अस्वीकार गर्ने सम्भावना हुन्छ । शिशु दूध खाने अवस्थामै छ भने श्रीमतीले आफ्नो सन्तानलाई नै महत्त्व दिन्छिन् । त्यसबेला पुरुष अधैर्य बने यसले सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्छ । आमाका लागि सन्तान प्राथमिकता हुने भएकाले पुरुषले राम्रोसँग बुझ्नु आवश्यक छ । अर्कातर्फ श्रीमान्को चाहनालाई वास्ता नगर्नु पनि बेइमानी हुन्छ । अतः श्रीमान्-श्रीमती दुवैले आपसी समझदारी कायम राख्नु आवश्यक छ ।

शारीरकि अस्वस्थतामा जबर्जस्ती सहवास गर्नुहुँदैन । अतः त्यसबेला श्रीमान्बाट धैर्यको अपेक्षा गरनिु स्वभाविक हुन्छ । श्रीमतीले पनि समझदारी अपनाउनुुपर्छ । सहवासका लागि गरएिको अनुरोधलाई लत्याएर श्रीमान्लाई सजायँ दिनु पनि समस्याको अर्को पाटो हो । शरीर वा सहवासको माध्यमबाट श्रीमान्सँग बितेका दिनमा श्रीमान्द्वारा गरएिको अन्यायको बदला लिनु महिला सुलभ मानसिकता हो । यस विषयमा श्रीमान्ले सावधानी अपनाउनुपर्छ । स-साना कुरामा श्रीमतीलाई होच्याउने वा उनीमाथि अन्याय गर्ने कुरालाई यदि श्रीमान्ले आफ्नो अधिकार मान्छन् भने सहवासका लागि नाइँ भन्नुलाई पनि श्रीमतीको अधिकार मान्नुपर्ने हुन्छ । यस्तो स्थितिमा सहवास बलात्कारसरह हुन्छ ।

प्रेमको जादु

श्रीमतीलाई जे कुरा मनपर्दैन त्यसका लागि उनले रसिाएर नाइँ भन्न सक्छिन् । उनको आफ्नै व्यक्तित्व हुन्छ । जब उनले त्यसमाथि प्रहार भैरहेको महसुस गर्छिन् तब उनमा आवेगले जन्म लिन्छ । कहिलेकाहीँ सधै सहयोग र साथ दिने श्रीमतीले पनि नाइँ भन्न सक्छिन् । त्यस्तो स्थितिमा कारण पत्ता लगाउनुपर्छ । त्यसबेला प्रेमको सहाराबाट उक्त कुरा पत्ता लगाउन सकिन्छ र पुनः श्रीमतीको साथ र सहयोग पाउन सकिन्छ । कतिपय अवस्थामा श्रीमती स्वयं पनि भ्रमित हुन्छिन् । सहवासका विषयमा उनी किन उत्साहित छैनन् ? उनी आफूलाई पनि त्यस विषयमा जानकारी नहुन सक्छ । मनोचिकित्सकहरूका अनुसार यसका पछाडि उनको लालन-पालन, शिक्षा-दीक्षा आदि कारण हुनसक्छन् ।

यौनका विषयमा दिइएको भ्रामक शिक्षाका कारण उनले त्यसलाई लज्जास्पद र नराम्रो कुराका रूपमा लिएको हुनसक्छ । सहवासलाई आफ्नो अस्तित्वको हरणका रूपमा बुझिएको हुनसक्छ वा श्रीमान्को आफूमाथि अनावश्यक आधिपत्यका रूपमा ग्रहण गरएिको हुनसक्छ । आफ्नो शरीरको संरचना र सुन्दरताप्रति कुण्ठित भएको हुनसक्छ वा किशोरावस्थामा कुनै काल्पनिक पुरुषको छवि बनाएको र त्यो वास्तविकता हुन नसकेकाले दुःखी भएर त्यस रूपमा प्रतिक्रिया आएको हुनसक्छ । यी सबै कारणले सहवासप्रति नाइँको प्रतिक्रियालाई श्रीमान्ले आफ्नो अपमान भएको नसोंचेर श्रीमतीलाई एक असल मित्रका रूपमा सहयोग गर्नु आवश्यक छ ।

श्रीमतीलाई सही रूपमा बुझेर उनको समस्या समाधान गर्न हरसम्भव सहयोग गर्नुपर्छ । स्थिति गम्भीर भए सम्बन्धित विशेषज्ञको परामर्श लिनु राम्रो हुन्छ तथापि समायोजन सबैभन्दा बलियो अस्त्र हो जसको आधार हुन्छ प्रेम, आत्मीयता, सहयोग, समझदारी र विश्वास । कान्तिपुर नारी

Leave a comment