नेदरल्याण्ड्स र उरुग्वे सेमी फाइनलमा, ब्राजिल र घाना बाहिरिए


विश्वकप फुटबल २०१० को सेमी फाइनलमा नेदरल्याण्ड्स र उरुग्वे पुगेका छन्। ब्राजिललाई हराउँदै नेदरल्याण्ड्स सेमीफाइनलमा पुगेको हो भने घानालाई पेनाल्टीमा हराउँदै उरुग्वेले सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

विश्वकप जित्ने ब्राजिलको सपना अपूरो/नेदरल्याण्ड्समा सेमी फाइनलमा प्रवेश

विश्वकप फुटबल २०१० को प्रबल दाबेदार राष्ट्र मानिएको ब्राजिलले क्वारटफाइनल खेल हार्दै विश्वकप यात्रामा पूर्णविराम लगाएको छ। पाँच पटकको विश्वकप विजेता ब्राजिलको २०१० को विश्वकप जित्ने सपना नेदरल्याण्ड्सले सपनामै सिमीत पारिदियो।

फिफा वरियताको दोस्रो स्थानमा रहेको ब्राजिललाई चौथो स्थानमा रहेको नेदरल्याण्ड्स २-१ ले हराउँदै नेदरल्याण्ड्से सेमीफाइनल यात्रा तय गर्‍यो। आफ्नो विजयी यात्रालाई जारी राखेको नेदरल्याण्ड्सको विश्वकप २०१० मा यो पाँचौ विजयी हो।

उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले खेलको १० औं मिनेटमा गोल गरेर अग्रता लिएको थियो। ब्राजिलका फरवार्ड जर्सी नं.११ का रोबिन्होले गोल गरेका थिए ।
रोबिन्होको गोलसँगै पहिलो हाल्फसम्म अग्रता लिएको ब्राजिलले ५३ औं मिनेटमा बराबरीमा रहनुपर्‍यो। ब्राजिलका जर्सी नं.५ का मिडफिल्डर फिलिपे मेलो आफ्नै पोष्टमा गोल गर्न पुगे । उनले ७३ औं मिनेटमा रातो कार्ड पाएर मैदान बाहिरिनु परेको थियो।

त्यसपछि नेदरल्याण्ड्सका जर्सी नं.दसका मिडफिल्डर वेस्ली स्नेइज्डरले ६८ औं मिनेटमा गोल गरे र नेदरल्याण्ड्सलाई अग्रता दिलाए। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन । खेल नेदरल्याण्ड्सले २-१ ले जित्दै सेमी फाइनलमा पुग्यो। स्नेइज्डर म्यान अफ दी म्याच भए ।

राम्रो खेल्दा खेल्दै पनि ब्राजिलले नराम्रोसँग हार बेहोर्नुपर्‍यो। खेलमा नेदरल्याण्ड्सले फल खेलेको महसुर हुन्थ्यो। यसअघि नेदरल्याण्ड्सले पहिलो चरणको खेलमा डेनमार्क, जापान र क्यामरुन तथा दोस्रो चरणको खेलमा स्लोभाकियालाई हराएको थियो।
जितसँगै नेदरल्याण्ड्सको फाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ।

उरुग्वे सेमीफाइनलमा, घानालाई धक्का
दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल २०१० को क्वाटर फाइनल खेलको दोस्रंो खेल घाना र उरुग्वेबीच भएको खेल ४-२ ले जित्द उरुग्वे सेमी फाइनलमा पुगेको छ। दक्षिण अफ्रीकाको जोहनेसवर्गस्थित सकरसिटी स्टेडियममा भएको खेल निर्धारित र एक्स्ट्रा टाइमसम्म १-१ गोलमात्र भएपछि पेनाल्टी भएको थियो।

पेनाल्टीमा उरुग्वेका जर्सी नं.१३ का सेबास्टियन अब्रेउ, जर्सी नं.१९ का एन्ड्रेस स्कोटी, जर्सी नं.६ का माउरिसिओ भिक्टोरिनो र जर्सी नं.१० का डिएगो फोर्लान रहेका छन्। जर्सी नं.१६ का खेलाडी म्याक्जिमिलियानो पेरिइराले पेनाल्टीमा गोल गर्न सकेनन्।
यस्तै घानाका लागि जर्सी नं.३ का आसामो ज्ञान र जर्सी नं.१० का स्टेफेन अपिहले मात्र गोल गरेका थिए । क्याप्टेन जर्सी नं. ५ का जोन मेन्साह र १८ नं.जर्सीका डोमिनिक अदियिह गोल गर्न बाट चुकेका हुन्। दुई गोल चुकाएको घानाको विश्वकप २०१० को यात्रा समाप्त भयो। क्वाटर फाइनलमा पुग्ने घाना एक मात्र अफ्रीकी राष्ट्र हो।

यसअघि एक्स्ट्रा टाइममा घानाले पाएको पेनाल्टीलाई जर्सी नं.३ का आसामो ज्ञानले सदुपयोग गर्न नसक्दा पेनाल्टी हानिएको हो। उरुग्वेका जर्सी नं.९ का लुईस स्वारेसले गोल डिबक्सभित्र नै हातले गोल हुनबाट जोगाएपछि घानाले पेनाल्टी हान्ने मौका पाएको थियो। ज्ञानले हानेको पेनाल्टी माथिल्लो क्रसबार लागेर बाहिरिएको थियो। यो बेला घानाले गोल गरेको भए सिधै सेमी फाइनलमा घाना पुग्नेथ्यो तर त्यसो हुन सकेन । स्वारेसलाई भने रातो कार्ड दिइएको थियो । उनले अब नेदरल्याण्ड्ससँगको खेल खेल्न पाउनेछैनन्।
पहिलो हाल्फमा थपिएको अन्तिम मिनेटमा घानाका जर्सी नं.११ का मिडफिल्डर मोन्टारी गोल गरेका थिए । पहिलो हाल्फको निर्धारित समयभन्दा थपिएको दुई मिनेटको अन्तिमम मिनेटमा गोल गर्दै घाना पहिलो हाल्फसम्म अग्रस्थानमा थियो।
दोस्रो हाल्फको दसौं मिनेटमा उरुग्वेका जर्सी नं.१० का फरवार्ड डिएगो फोर्लानले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समय र एक्स्ट्रा टाइममा दुवैतर्फबाट गोल हुनसकेन्। र पेनाल्टी सुट भएको थियो।
क्वाटर फाइनलसम्म आइपुग्दा घानाले पहिलो चरणमा सर्वियालाई ०-१ ले हराएको थियो भने अष्ट्रेलियासँग पराजित भएको थियो साथै जर्मनीसँग बराबरी खेलेको थियो। क्वाटर फाइनल प्रवेश गर्दा घानाले अमेरिकालाई ०-१ ले हराएको थियो।
यस्तै पहिलो चरणमा फ्रान्ससँग बराबर खेलेको उरुग्वेले दक्षिण अफ्रीकालाई ०-३ र मेक्सिकोलाई ०-१ ले पराजित गरेको थियो। दक्षिण कोरियालाई २-१ ले हराउँदै उरुग्वे क्वाटर फाइनल पुगेको थियो।
फिफ वरियताको १६ औ स्थानमा रहेको उरुग्वे र ३२ औं स्थानमा रहेको घानाबीच यअसघ कुनै पनि खेल भएको थिएन।
mr.deepakbasnet@ymail.com/2 July

Leave a comment